आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार तेस्रो हार
काठमाडौँ - आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा ६९ रनले पराजित गरेको छ।
एक दिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुँदै २१५ रन मात्र बनाएको हो।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए। त्यस्तै, नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए।
त्यसैगरी, आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो।
आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै, पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए।
त्यसैगरी, नेपाल ए का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए।
यो जितसँगै आयरल्याण्ड वोल्भ्सले एक दिवसीय सिरिज ३-० ले जितेको छ। यसअघि आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको थियो।