.png)

इस्पोनियललाई बार्सिलोनाको सानदार जित

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले इस्पोनियललाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले इस्पोनियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल गरेका थिए भने राफिन्हाले एक गोल गरेका थिए। त्यस्तै, इस्पोनियलका लागि जाभी पुआडोले एक गोल गरेका थिए।
यो जितपछि बार्सिलोनाको १२ खेलमा ३३ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै, इस्पोनियलको १२ खेलमा १० अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ।