post-slider post-slider

चितवनमा खाना अड्किएर एक जनाको मृत्यु

Image
A A

 

चितवन- चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्। 

कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर मंगलबार बेलुका बेहोस् भएका थिए।

उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राति पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।

 

Tags: