post-slider post-slider

कस्तो रहला देशभरको मौसम?

Image
A A

काठमाडौं- देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ। गएरातिदेखि नै केही जिल्लामा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज बिहान गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थाना, कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सिन्धुपाल्चोक, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, नवलपरासी, रूपन्देही, दाङ, बर्दिया, दार्चुलामा भारी वर्षा भएको हो। केही जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ। 

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस र गण्डकी प्रदेशको केही स्थानमा तथा बाँकी थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाको समेत सम्भावना रहेकाले आज जलसतह बढ्ने, गेग्रान बहाव हुने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको सम्भावना रहेको छ। त्यसलै यसबाट बच्न तथा सम्भावित क्षति कम गर्न सतर्क हुनु पर्ने विभागले जनाएको छ। 

जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागको भनाइ छ। 

मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।

Tags: