post-slider post-slider

यू–१९ एसियकप : नेपाललाई १० विकेटले पराजित गर्दै भारत विजयी

Image
A A

काठमाडौं- एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल प्रतिद्वन्द्वी भारतसँग १० विकेटले पराजित भएको छ।

५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमै ५७ रन बनाउँदै नेपालमाथि १० विकेटको जित हासिल गरेको हो।

युएईमा जारी प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो।

यू–१९ मा नेपालको यो सबैभन्दा न्यून स्कोर हो। लगातार तेस्रो हार बेहोरेको नेपाल खेलको पहिलो चरणबाटै बाहिरिएको छ।

भारतको तर्फबाट आशिन कुलकर्णीले ३० बलमा ४३ र आदर्श सिंहले १३ बलमा १३ रन बनाए।

नेपालका लागि दशौं नम्बरमा ब्याटिङ गरेका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए। अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए। दीपक र दीपेश कँडेलले सातौं विकेटमा जोडेको १२ रन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी रह्यो।

दीपेशले ४ रन बनाए।

भारतका लागि राज लिम्बानीले ७ विकेट लिँदै नेपाली ब्याटिङक्रमलाई तहसनहस पारे।

 उनले ९.१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर उत्कृष्ट प्रदर्शन गरे।

अराध्य शुक्लाले २ र आर्शिन कुलकर्णीले १ विकेट लिए।

प्रतियोगितको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले पराजित गरेको थियो।

 

Tags: