post-slider post-slider

जिबीराईविरूद्ध ‘डिफ्युजन नोटिस’ जारी

Image
A A

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारी एवं ग्यालेक्सी टिभीका संस्थापक गितेन्द्रबाबु (जिबी) राईलाई पक्राउ गर्न ‘डिफ्युजन नोटिस’ जारी भएको छ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत राईविरूद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको हो।

जिल्ला प्रहरी कास्कीले राईसहित चार जनाविरूद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरोमा पुस ५ गते पत्राचार गरेको थियो।

अन्य तीन जनाको हकमा भने ‘डिफ्युजन नोटिस’ जारी भएको छैन।

प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोलबाट राईविरूद्ध नोटिस जारी गरिएको हो।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्रहरूले राईबारेको सूचना नेपाल प्रहरीलाई दिनेछ।

सुर्पुदगी गर्ने भने रेड कर्नर नोटिस जारी गराउनुपर्ने हुन्छ।

बचतकर्ताहरूको रकम अपचलन गरेर संस्थाका अध्यक्ष राई मलेसियामा लुकेको आशंका गरिएको छ।

 

Tags: