post-slider post-slider

मुलुकलाई माथि उठाउन सरकार निश्चित कार्य योजनासहित अघि बढेको छ : उपप्रधानमन्त्री खड्का

Image
A A

काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निश्चित कार्य योजनासहित मुलुकको विकासमा अगाडि बढेको बताएका छन्।

शनिबार नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले अहिलेको अफ्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउन मुलुकमा सुशासनको नागरिकलाई अनुभूति दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न सरकार लागि परेको बताएका हुन्।

'मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन सिंगो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको छ। यो सरकारको स्थिरतामा कहीँ कतै शंका गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन। हामी निश्चित कार्ययोजनासहित अघि बढेका छौं,’ उनले भने।

नेपालमा उद्यमदेखि रोजगारी सिर्जना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार रहेको आश्वासन दिए।

अर्थतन्त्रमा समस्या देखिएकाले व्यवसायीले समस्या भोग्नु परे पनि चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिले कतिपय समस्या पहिचान गरेका कारण अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ थियो।

Tags: