ब्राजिलमा भेटियो अचम्मको माछा, जसका दाँत छन् मान्छेकै जस्ता!
काठमाडौं (एजेन्सी) - संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ। आकार-प्रकार फरक हुनेदेखि कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी देखिँदै आएको छ।
यसै सिलसिलामा ब्राजिलमा माछाको नयाँ प्रजाति फेला परेको छ। अचम्म के भने यो माछाको दाँत मानिसको जस्तै देखिन्छ।
वास्तवमा ब्राजिलकी एक महिलाले खानको लागि बजारबाट माछा किनेर घरमा ल्याएकी थिइन्। ग्रिलिङका लागि सफा गरिरहेकै बेला अचानक उनको नजर माछाको दाँतमा पर्यो।
माछाको दाँत देखेर उनको आँखा रसाए किनभने वास्तवमा माछाको दाँत मानिसको जस्तै देखिन्थ्यो। उनले यसअघि कुनै माछाको यस्तो दाँत देखेकी थिइनन्।
त्यसपछि ती महिलाले माछाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिन्। नेटिजन्सले माछाको दाँत सामान्यभन्दा अलि ठूला र मानिसको दाँतको आकारमा भएको पनि पाइन्।
सामुद्रिक जीव वैज्ञानिकहरूका अनुसार माछाले पानीमा रहेको सेलफिस र अन्य ठोस चिजहरू खानका लागि मानवजस्तै दाँत विकास गर्दै आएको छ। अहिले जीव वैज्ञानिकहरू त्यो माछाको तौल र आकारबारे थप जानकारी सङ्कलनमा व्यस्त रहेको जनाइएको छ।
पाउलाले माछाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा उनले माछालाई मुख खोलेको देखिरहेको थियो। यो भिडियोमा माछाको बङ्गारा र दाँत मानिसको जस्तै देखिएपछि अहिले सर्वत्र चासोका साथ हेरिन थालेको छ।