post-slider post-slider

हेवाखोला बाढीमा बेपत्ता पाँचै जनाको पहिचान

Image
A A

काठमाडौं- पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय संयोजग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन्।

उनीहरूलाई हेवाखोलाले पुल क्षेत्रबाट बगाएको हुनसक्ने प्रहरीको अनुमान छ।

यस्तै फिदिम–४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन्। स्थानीय २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

बाढीले फिदिम–४ का रेसम कटुवालको दुईतले घर र मतान बगाएको छ।

बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान तथा कृष्ण बेघाको एकतले घर बगाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ। 

बाढीका कारण मेची राजमार्ग र तमोर कोरिडर सडक अवरूद्ध भएका छन्। वर्षापछि राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरूद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरूद्ध पारेको छ।

 

Tags: