post-slider post-slider

कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता प्रदान

Image
A A

काठमाडौं- गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरे। 

जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा र जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसी  नागरिकता जारी गरेको थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए। एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई  सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले पचासौं लाख गैरआवासीय नेपालीले नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको जानकारी दिए।

‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु,’ उनले भने, ‘त्यसकै बलमा तपाईंहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ। संविधानमा व्यवस्था भएपश्चात् पनि कानूनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुपर्यो। निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं। पचासौं लाख गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धि हो।’ 

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले राष्ट्रपतिलाई नागरिकता विधेयक सदर गर्न आग्रह गरेको स्मरणसमेत गरे। 

गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवाललाई आफूहरूले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको पनि उनले बताए।

Tags: