post-slider post-slider

कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेसबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

बिहीबार सम्पन्न निर्वाचनमा फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा(एकीकृत समाजवादी) की सावित्री मल्ल र नेकपा माओवादी केन्द्रका विष्णु विक विजयी भएका छन्।

रोकायाले ३ हजार ८७०, महिलातर्फ विजयी भएकी मल्लले ३ हजार ७१९ र दलिततर्फ विजयी भएका विकले ३ हजार ८१७ मतभार प्राप्त गरेका छन्।

 

Tags: