post-slider post-slider

‘कार्गो रेल चाँडै सञ्चालनमा आउँछ’

Image
A A

जनकपुरधाम- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्गो रेल चाँडै सञ्चालनमा आउने बताएका छन्।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले मन्त्रालयले तयारी गरिरहेको र कार्गो रेल चाँडै सञ्चालनमा आउने बताएका हुन्।

महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालनको उदघाटनका लागि जनकपुर पुगेका उनले भने,‘छिटोभन्दा छिटो कार्गो रेल सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी गरिरहेको छ।’

उनले मित्रराष्ट्र भारतले सहयोगस्वरूप दिएको कुनै पनि विषयलाई नेपाल भित्र्याउन कुनै बाधा अड्चन नआउने प्रष्ट पारे।

कार्गो रेल सञ्चालनमा मुआब्जा केही बाधक भएको जिकिर गर्दै मन्त्री ज्वालाले मुआब्जाको समस्या चाँडै समाधान गर्ने गरी काम अगाडि बढेको बताए।

फरक प्रसङ्गमा उनले कसैले चाहँदैमा पाँचदलीय गठबन्धन नटुट्ने उल्लेख गरे।

मजबुत आधारले तयार भएको गठबन्धन कसैले फूलमाला चढाउँदैमा टुट्ने सम्भावना नरहेको उनले दाबी गरे।

 

Tags: