post-slider post-slider

सितल निवासमा प्रधानमन्त्रीसहित २१ जना मन्त्रीको सपथ

Image
A A

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सोमबार २१ मन्त्रीले सपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरूलाई सितल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए।

यो सँगै ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन्। उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

त्यस्तै, उनी तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

यसअघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए। कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। 

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो।

यो मन्त्रिपपरिषदमा नेपाली कांग्रेसका ९, एमालेका ८, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका एक गरी २१ जना रहेका छन्।

मन्त्रीहरूको सूची:

१. प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल :  उपप्रधान तथा अर्थ
३. पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक : गृह
५. प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्या
६. आरजु राणा : परराष्ट्र
७. बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८. बलराम अधिकारी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
९. दामोदार भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्ति
१०. नवलकिशोर साह सुडी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
१२. विद्या भट्टराई : शिक्षा, विज्ञान तथा प्रविधि
१३. अजय चौरसिया : कानुन, न्याय तथा संसदीय मामिला
१४. तेजुलाल चौधरी : युवा तथा खेलकुद
१५. मानवीर राई : रक्षा
१६. दीपक खड्का : ऊर्जा
१७. राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य प्रशासन
१८. ऐनबहादुर शाही : वन तथा वातावरण
१९. शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०. प्रदीप यादव : खानेपानी
२१. रामनाथ अधिकारी : कृषि तथा पशुपन्छी

Tags: