post-slider post-slider

एसिसी अन्डर–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ‘ह्याट्रिक’

Image
A A

काठमाडौं- नेपालले लगातार तेस्रोपटक एसिसी अन्डर–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।

मंगलबार भएको फाइनल खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपालले इस्ट जोन कप क्रिकेटको उपाधि जितेको हो।

फाइनल खेलमा नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसिसी अन्डर–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो।

नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो।

सुरूमा ब्यटिङ गरेको नेपालले मलेसियासामु जितका लागि २५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

तर, मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर अलआउट भयो। मलेसियाका मोहमद अक्रमले १० रन बनाउनुबाहेक अरू कुनै पनि ब्याट्सम्यान दोहोर अंकमा स्कोर बनाउन सकेनन्।

मलेसियाका ५ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए।

नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतकको मदतमा ८ विकेटको क्षतिमा निर्धारित ३५ ओभरमा २५२ रन बनाएको थियो।

नरेनले ८९ बलमा ११२ रन जोडे। १० चौका र २ छक्का प्रहार गरेका उनी नटआउट रहे।

त्यस्तै निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५ क्याप्टेन अभिषेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए।

 

Tags: