.png) 
                
                
                     
                
                सिनामङ्गलमा गोली चल्यो, एक जना पक्राउ
 
                    काठमाडौं। काठमाडौंको सिनामंगलमा गोली चलेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले सिनामंगलस्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जानकारी दिए ।
प्रवक्ता कडायतका अनुसार आइतबार बिहान लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीको गोली लागेर एक जना लागूऔषध कारोबारी घाइते भएका छन् भने उनको केएमसी अस्पतालमा उपचार भइरहेको प्रवक्ता कडायतले बताए । घाइते कारोबारीको घुँडामा गोली लागेको छ ।
प्रवक्ता कडायतले निजको साथबाट केही मात्रामा लागूऔषध पनि बरामद भएको जानकारी दिए।
 
                                 
                 
                