post-slider post-slider

सहकारी ठगी आरोपी रवि लामिछाने थप सात दिन हिरासतमा

Image
A A

काठमाडौं - सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले छ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो। 

हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले बयानका लागि रुपन्देही समेत लैजाने तयारी गरेको छ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएपछि लामिछानेलाई प्रहरीले बयानका लागि त्यता लैजान लागेको हो। 

आफ्ना सभापति सहकारी तथा संगठित अपराधको अनुसन्धान सिलसिलामा पक्राउ परेका बेला रास्वपाका नेता-कार्यकर्ता भने अदालतलाई दबाबमा राख्न प्रदर्शन गरिरहेका छन्।

Tags: