post-slider post-slider

ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

Image
A A

काठमाडौं- कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा भएको छ।

आइतबार बिहान क्वाटरफाइनल खेल सम्पन्न भएसँगै कोपामा सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको हो।

आइतबार बिहान कोलम्बियाले पानामालाई ५-० ले हरायो। यता उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हरायो।

कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले गोल गरेका थिए।

ब्राजिलका दुई खेलाडीले पेनाल्टी मिस गरेसँगै उरुग्वे सेमिफाइनल पुगेको हो।

ब्राजिलका मिलिटाओको पेनाल्टी उरुग्वेका रक्षकले बचाए। ब्राजिलका डोगलास लुइजको पेनाल्टी पोलमा ठोक्किएर बाहिरिएको थियो।

उरुग्वेका फेड्रिको भाल्भार्डे, रोड्रिगो बेन्टान्कुर, जिओरागेन र मेनुइल उगार्टेले गोल गरेका थिए।

सेमिफाइनलमा अब उरुग्वे र कोलम्बिया भिड्नेछन्। अर्जेन्टिना र क्यानडाबीच अर्को सेमिफाइनल खेल हुने छ।

Tags: