post-slider post-slider

डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी

Image
A A

काठमाडौं- फ्रेन्च लिग अन्तर्गत पिएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा पिएसजीले लोरिएन्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

पिएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २-२ गोल गरेका थिए। त्यस्तै लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल गरेका थिए।

यो जितपछि पिएसजीले लिग वानमा आफ्नो अग्रता बढाएको छ। ३० खेलमा ६९ अंकसहित पिएसजी शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मोनाको भन्दा ११ अंकले अगाडी रहेको छ। त्यसैगरी लोरिएन्टको ३० खेलमा २६ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ।
 

Tags: