post-slider post-slider

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ

Image
A A

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन्।

गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिएका हुन्।

विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ। त्यस्तै, विपक्षमा ७४ मत परेको थियो। त्यस्तै, मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्।

यो सँगै प्रधानमन्त्री ओलीले दुई तिहाइ सांसदको विश्वास जितेका छन्।  उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए।

त्यस्तै, उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए।
 

Tags: