post-slider post-slider

गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको कुकुर जडिबुटीसम्म पुगेर अल्मलियो

Image
A A

काठमाडौं- गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको तालिमप्राप्त कुकुर संलग्न व्यक्ति भक्तपुरतिर भागेको संकेत गरेको छ।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा पुर्‍याएको कुकुर सुँघ्दै जडीबुटीसम्म पुगेको थियो। त्यसपछि कुकुर अल्मलिएको थियो। कुकुरले अपराधी भक्तपुरतिर भागेको संकेत गरेको र कुकुर जडिबुटी पुगेपछि आफै अल्मलिएको एक प्रहरी अधिकारीले जनाएका छन्।

गैह्रीगाउँस्थित काठ मिलमा शुक्रबार राति एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको थियो। घटनाबारे प्रहरीलाई खबर गरेका व्यक्ति दिपेन्द्र राई नै अहिले अनुसन्धानको दायरामा छन्। दीपेन्द्र सोही काठमिलमा बस्दै आएका थिए।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन्।

Tags: