post-slider post-slider

सुनको मूल्यमा नयाँ रेकर्ड

Image
A A

काठमाडौं- नेपाली बजारमा सुनको भाउ नयाँ उचाइमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला रू. १ लाख २१ हजार ६ सय कायम भएको छ।

नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो।

आइतबार छापावाल सुुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रहेको थियो।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार कायम भएको छ। आइतबार तेजाबी सुन प्रतितोला रू. १ लाख २१ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी तोलाको १ हजार ५४५ रूपैयाँ रहेको छ। आइतबार चाँदीको भाउ प्रतितोला १ हजार ५४५ रूपैयाँ नै रहेको थियो।

 

Tags: