post-slider post-slider

रात्री बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ घाइते

Image
A A

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिकामा रात्री बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा दुर्घटना भएको हो।

बस अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान ५ :५० मा बस दुर्घटना भएको हो।

मृतकमध्ये एक जनाको पहिचना खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जनाएका छन्।

धनकुटाको साँघुरी गढी  बस्ने ४५  वर्षीय हस्त राईको मृत्यु भएको र एकको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिएका छन्।

घाइतेहरूको दमौलीस्थित रत्न हरि अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको छ।

 

Tags: