post-slider post-slider

जितसँगै म्यानचेस्टर सिटी शीर्ष स्थानमा, लिगको विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने

Image
A A

काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ।

गएराति सम्पन्न खेलमा टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी लिगको उपाधि जितनजिक पुगेको छ।

म्यानचेस्टर सिटीको जितमा दुवै गोल इर्लिङ हालाण्डले गरेका थिए। अब लिगको अन्तिम खेलमा जित हासिल गरेमा यस सिजनको लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने छ। 

म्यानचेस्टर सिटीले अब अन्तिम खेल आगामी मे १९ मा वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ।

म्यानचेस्टर सिटीको यो जितपछि लिगमा ३७ खेलमा ८८ अंक भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्यसैगरी दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक रहेको छ।

त्यसैगरी, यो हारपछि टोटनह्याम आउदो सिजनमा च्याम्पियन्समा छनौट हुन असफल भएको छ।

टोटनह्यामको ३७ खेलमा ६३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ। आउँदो सिजनका लागि म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ।

Tags: