post-slider post-slider

विज्ञापनमा विदेशी कलाकारको प्रयोगमा रोक

Image
A A

काठमाडौं- विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारको प्रयोगमा रोक लगाएको छ।

बोर्डले सोमबार आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरूको भूमिका’ विषयक छलफलमा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले यस्तो जानकारी दिए।

उनले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए।

विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन यस्तो प्रबन्ध गरिएको बताउँदै हुमागाईंले सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिए।

विज्ञापन नियमन गर्ने नियमावली (पहिलो संशोधन, २०८०) र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भइ कार्यान्वयनमा ल्याइएको बताउँदै उनले यसको पालनाका लागि सहयोग गर्न कलाकार र सञ्चारमाध्यमलाई आग्रह गरे।

 

Tags: