post-slider post-slider

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन जेठमा

Image
A A

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन आगामी जेठ महिनामा हुने भएको छ।

एकीकृत समाजवादीको सचिवालय बैठकले २०८१ जेठमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सोमबारदेखि जारी सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए।

खतिवडाले सचिवायलय बैठकले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरेको बताए।

पार्टीको विधानअनुसार राष्ट्रिय सम्मेलन सम्पन्न हुने उनको भनाइ छ।

त्यस्तै पुसको ९ गते स्थायी कमिटी बैठक, पुस १० गते पोलिटब्युरो, पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय एकीकृत समाजवादीले गरेको छ।

प्रवक्ता खतिवडाले राष्ट्रिय सम्मेलनमा विधान व्यवस्थाबारे छलफल गर्न कार्यदल गठन भएको बताए।

कार्यदलमा उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य छन्।

त्यस्तै राष्ट्रिय सम्मेलन व्यवस्थापनका लागि गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी प्रदान गरिएको छ।

राष्ट्रिय महाधिवेशनमा दस्ताबेज मस्यौदासम्बन्धी छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको खतिवडाले जानकारी दिए।

 

Tags: