post-slider post-slider

उदयरपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उद्योगका लागि ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भिएडी)’ खरिद गर्दा गैरकानुनी लाभ लिएको तथा हानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको छ।

भिएफडी खरिद गर्दा आवश्यक्ता र औचित्यता नभएको तथा प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद गरी भुक्तानी दिइ गैरकानुनी लाभ लिएको अख्तियारले आरोप लगाएको छ।

अख्तियारले उनीहरूविरूद्ध २२ लाख ७८ हजार ३०५ रूपैयाँ ६० पैसा कसुर बिगो कायम गरेको छ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम सजाय गरी बिगोसमेत असुलउपर गर्न अख्तियारले मागदाबी लिएको छ।

साथै तत्कालीन महाप्रबन्धक पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिइएको छ।

 

Tags: