post-slider post-slider

हमास आक्रमणमा ज्यान गुमाएका नेपालीको शव काठमाडौं आइपुग्यो

Image
A A

काठमाडौं- हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका तीन जना नेपालीको शव काठमाडौं आइपुगेको छ।

मृतक १० मध्ये तीन जनाको शव आज काठमाडौं ल्याइएका हो। बाँकी एक जनाको शव पनि आजै आइपुग्ने बताइएको छ।

इजरायल सरकारले पहिचान खुलेका चार जनाको शव कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासमा बुझाएसँगै आइतबार शव काठमाडौं आइपुगेको हो।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टको शव नेपाल आइपुगेको छ। 

आश्षि चौधरीको शव पनि आजै काठमाडौं आइपुग्ने बताइएको छ। न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो।

आइतबार धामी र विष्टको शव विमानस्थल आइपुगेको हो।

नेपाल शव आएसँगै परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायतका अधिकारीहरू विमानस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिने बताइएको छ।

धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गर्नेछ।

अन्य ६ जनाको शव पनि आवश्यक व्यवस्था मिलाई नेपाल पठाउने तयारी भइरहेको छ।

 

Tags: