post-slider post-slider

एसइई नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

Image
A A

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्न अन्तिम तयारी गरेको छ।

गत चैतमा सम्पन्न एसइईको नतिजा प्रकाशन गर्न बोर्डले अन्तिम तयारी थालेको हो।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार तथ्याङ्कको शुद्धाशुद्धीक परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको छ।

उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकिएर रूजु गर्ने काम भइरहेको श्रेष्ठले बताए।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका आज बोर्ड बैठक बोलाइएको छ।

कुनै प्राविधिक समस्या नआए आजै साँझसम्म नतिजा सार्वजनिक हुने सम्भावना छ र कुनै समस्या आए भोलि प्रकाशन गरिने छ।

बोर्डले एसइईको नतिजा हेर्ने तरिकाबारे बुधबार सार्वजनिक सूचना प्रकाशन गरेर सर्वसाधारणलाई जानकारी गराएको छ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ। जसमध्ये १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ।

चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसइई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका थिए। यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरू एसइईमा सहभागी भएका थिए।

Tags: