post-slider post-slider

कैलालीमा चार युवकबाट १५ वर्षीया किशोरी बलात्कृत

Image

धनगढी - कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।

जोशीपुर गाउँपालिका-६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटना संलग्न रहेको आरोप लागेका थप दुई जना व्यक्ति फरार छन्।

पक्राउ पर्नेमा सोही गाउँपालिका-१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन्। 

किशोरीलाई चार जनाले सामूहिक करणी गरेका बताइएको छ। घटना मंसिर २२ गतेको हो। तर, प्रहरीमा भने ढिलो गरी खबर आएको थियो।

करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी  भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए।

उनीहरूविरूद्ध जबरजस्ती करणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: