post-slider post-slider

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

Image
A A

काठमाडौं- पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीमा जोडिएका महरालाई कपिलवस्तुबाट सोमबार पक्राउ गरेको हो।

महरालाई सुन तस्करी प्रकरणमा गठित जाँचबुझ आयोगले दोषी देखाउँदै कारबाही गर्नुपर्ने प्रतिवेदन दिएको थियो।

महरालाई ब्युरोको टोलीले पक्राउ गरेको ब्युरोका एआइजी श्यामलाल ज्ञवालीले बताए। महराका छोरा राहुल यसअघि नै सुन तस्करीमा पक्राउ परी जेलमा छन्।

Tags: