post-slider post-slider

राष्ट्रियसभा सदस्य निर्वाचन : एमालेलाई साझेदारीमा ल्याउन कांग्रेस–माओवादी सकारात्मक!

Image
A A

काठमाडौं- सत्तारुढ प्रमुख दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा केही सिट दिन सकारात्मक भएका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनीहरूले त्यसबारे सकारात्मक धारणा बनाएका हुन्।

बुधबार दिउँसो ४ बजे सत्तारुढ सबै दलको बैठक राखिएको छ। सत्तारुढ दलको बैठकपछि एमालेसँग छलफल हुने बताइएको छ।

एमालेलाई दिने सिट संख्याबारे टुंगो नलागे पनि तीन सिटसम्म दिने कुरा भइरहेको एक नेताले बताए।

यदि एमालेले त्यति सिटमा चित्त बुझाए आजै बस्ने बैठकमा पनि राष्ट्रियसभामा दलहरूले सिटको भागबन्डा टुंग्याउने छन्।

सत्ता गठबन्धनमा आवद्ध सबै दल मिलेर चुनाव लडे राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेले जित्ने सम्भावना न्यून देखिन्छ। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेससभाका सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुन्।

प्रदेसहरूको अंकगणितको हिसाबले सत्ता गठबन्धन मजबुत स्थितिमा देखिएको छ। 

यद्यपि एमालेलाई पनि सहमतिमा लैजानुपर्ने भन्दै सत्तारुढ दलहरू साझेदारी गर्न खोजिएको एक नेताले बताए।

 

Tags: