post-slider post-slider

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

Image
A A

काठमाडौं- उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा पुस ४ गते बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषदको बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

कार्यकारी निर्देशक पदमा नियुक्तिपश्चात उनको योग्यता र मापदण्डको विषयलाई लिएर गौशाला क्षेत्रमा विरोधसमेत भएको थियो।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुन पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारसमेत थिइन्।

योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुनविरूद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

 

Tags: