post-slider post-slider

पाकिस्तानमा मस्जिदबाहिर विस्फोट, ५० जनाको मृत्यु

Image
A A

काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तमा विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मानसिहरू भेला भएको एउटा मस्जिदबाहिर ठूलो विस्फोटन भएको हो।

प्रहरीले मास्तुङ सहरमा धार्मिक भेलालाई लक्ष्य बनाएर आत्मघाती आक्रमण गरिएको आशंका गरेको छ।

अधिकारीहरूले त्यहाँ संकटकाल घोषणा गरेका छन्।

उक्त घटनामा हताहत भएका मानिसलाई दुईवटा स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

पाकिस्तानका आन्तरिक मामिलामन्त्री सरफराज बुक्टीले यो आक्रमणलाई ‘निकै क्रुर कृत्य’ को संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमा आएका भिडियोहरूमा घाइतेलाई आपतकाली सेवाका कर्मचारी र स्थानीय मानिसहरूले उद्धार गरेको देखिन्छ।

अहिलेसम्म कुनै समूहले पनि आक्रमणको जिम्मेवारी लिएको छैन।

 

 

Tags: