post-slider post-slider

राप्रपाले भन्यो- सेनाको संख्या कटौतीको बहस रहस्यमय छ

Image
A A

काठमाडौं- राप्रपाले सेनाको संख्या कटौतीको बहसलाई ‘बेमौसमी’को संज्ञा दिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार जारी गरेको विज्ञप्तिमा  कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने उल्लेख छ। 

योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको लिङ्देनको विज्ञप्तिमा उल्लेख छ। 

‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गरिनु हुँदैन।’

सेनाको संख्या कटौतीको बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न राप्रपाले आह्वान गरेको छ। 

Tags: