post-slider post-slider

श्रीलंकालाई ३०२ रनले पराजित गर्दै भारत विश्वकपको सेमिफाइनलमा

Image
A A

काठमाडौं- श्रीलंकालाई ३०२ रनले पराजित गर्दै भारत एकदिवसीय विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार मुम्बईको वानखेडे स्टेडियममा श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्दै जारी विश्वपको सेमिफाइनलमा पुग्ने भारत पहिलो टिम बनेको हो।

३५८ रनको लक्ष्य पछ्याएको श्रीलंकाली टिम भारतका तीब्र बलरसामु धारासायी भएको श्रीलंका २० ओभरसमेत ब्याटिङ गर्न सकेन।

श्रीलंकाले १९.४ ओभरमा सबै विकेट गुमाएर केवल ५५ रन बनाउनसक्यो। केही दिनअघि श्रीलंकामा सम्पन्न एसिया कपमा भारतले श्रीलंकालाई ५० रनमा अलआउट गरेको थियो।

भारतका लागि मोहम्मद शमीले ५ विकेट लिए। जारी विश्वकपमा शमीले ५ विकेट लिएको यो दोस्रोपटक हो।

त्यस्तै मोहम्मद सिराजले ३ र जसप्रित बुमराह र रवीन्द्र जडेजाले १–१ विकेट लिए।

भारतीय बलरले श्रीलंकाका पाँच जना ब्याटरलाई खाता खोल्न नदिइ प्याबेलियन फर्काएका थिए।

बुमराहले पहिलो ओभरको पहिलो बलमै श्रीलंकाका ओपनर पथुना निसन्कालाई शून्य रनमा आउट गरे।

अर्का ओपनर दिमुथ करुनारत्नेलाइृ सिराजले शून्य रनमा आउट गरेका थिए। सदीरा समरविक्रमा, दुसान हेमन्था र दुसमन्था चमीरा पनि खाता नखोल्दै आउट भए।

श्रीलंकाका लागि कसुन रन्जिथाले सर्वाधिक १४ रन बनाए। त्यस्तै एन्जेलो माथ्युजले १२, महिसा तिक्षणाले १२ र दिलसान मदुसन्काले ५ रनको योगदान दिए।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो।

भारतका लागि विराट कोहलीले ८८, सुभमन गिलले ९२, श्रेयस अय्यरले ८२, केएल राहुलले २१, सूर्यकुमार यादवले १२ र रवीन्द्र जडेजाले ३५ रन बनाए।

 

Tags: