post-slider post-slider

भारतबाट १० करोड भारतीय रूपैयाँ बराबरको राहत सामग्री प्रदान

Image
A A

काठमाडौं- भारतले जाजरकोट भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री प्रदान गरेको छ।

आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको तर्फबाट यी राहत सामग्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेसका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरे।

आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावितहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटरजस्ता चिकित्सीय उपकरण तथा औषधि रहेका छन्।

जाजरकोटमा शक्तिशाली भूकम्प गएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विरटमा ‘भारत सबै सम्भावित सहयोगका लागि तयार रहेको’ बताएका थिए।

शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पका कारण ठूलो संख्यामा मानवीय क्षतिका साथै भौतिक क्षति भएको छ।

 

Tags: