post-slider post-slider

युरो कप : क्रोएसियामाथि स्पेनको सानदार जित, इटालीको विजयी सुरुवात

Image
A A

काठमाडौं- स्पेनले युरोकप अन्तर्गत क्रोसियामाथि शानदार जित हासिल गरेको छ।

गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा स्पेनले क्रोसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो।

स्पेनको जितमा अल्भारो मोराटा, फबियान रुइज र डानी कारभाजलले एक एक गोल गरेका थिए। स्पेनले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो।

खेलमा क्रोसियाले धेरै अवसर पाए पनि गोलमा परिणत गर्न भने सकेन। क्रोसियाले खेलको ८०औ मिनेटमा पाएको पेनाल्टी ब्रुनो पेटकोभिकले मिस गरेका थिए।

यो जितपछि स्पेनले युरोकपमा शानदार शुरुवात गर्दै समुह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ।

यस्तै, इटालीले युरोकपमा विजयी सुरुवात गरेको छ। साबिक युरो कप बिजेताले समूह बी अन्तर्गतको खेलमा अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

१-० गोलले पछि परेको इटालीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो। अल्बानियाका लागि नेडिम बज्रामीले खेलको २३ सेकेन्डमै गोल गरेर अल्बानियालाई शुरुवाती अग्रता दिलाएका थिए। बज्रामीले गरेको यो खेल युरोकपको इतिहासमै सबैभन्दा छिटो गरेको गोल बनेको छ।

त्यस्तै, इटालीले पनि खेलमा छिटो कमब्याक गर्दै खेलको ११औ मिनेटमा अलेसान्द्रो बास्टोनी र निकोलो बारेलाको गोलमा अग्रता लिएको थियो। बास्टोनीले खेलको ११औ मिनेटमा र बरेलाले खेलको १६औं मिनेटमा गोल गरेका थिए।

युरोकपको डिफेन्डिङ च्याम्पियन रहेको इटालीले यो जितपछि समूह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ।

अब इटालीले अर्को खेल जुन २१ मा स्पेनसँग खेल्ने छ भने अल्बानियाले जुन १९ मा क्रोएसियाको सामना गर्ने छ।
 

अब स्पेनले दोस्रो खेलमा इटालीसँग जुन २१ मा खेल्ने छ। त्यस्तै क्रोसियाले भने अर्को खेल जुन १९ मा अल्बानियासँग खेल्ने तालिका छ।

उता, स्वीजरल्याण्डले युरोकप अन्तर्गत विजयी शुरुवात गरेको छ।

शनिबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा स्वीजरल्याण्डले हंगेरीलाई ३ -१ गोल अन्तरले पराजित गरेको हो।

स्वीजरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक एक गोल गरेका थिए। स्वीजरल्याण्डले २ गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल दोस्रो हाफमा गरेको थियो।

त्यस्तै हंगेरीले एक गोल खेलको ६६औ मिनेटमा फर्काएको थियो। हंगेरीका लागि बार्नाबास भार्गाले गोल गरेका थिए।

यो जितपछि स्वीजरल्याण्डले पहिलो खेलमा जित हासिल गरेर महत्वपूर्ण ३ अंक हसिल गरेको छ। समूह ए मा आयोजक जर्मनीले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ।

अब स्वीजरल्याण्डले दोस्रो खेल जुन २० मा स्कटल्याण्डसँग खेल्ने छ भने हंगेरीले जर्मनीसँग जुन १९ मा खेल्ने तालिका रहेको छ ।
         

Tags: