post-slider post-slider

मनाइयो १६ औं गणतन्त्र दिवस

Image
A A

काठमाडौं- काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम आयोजना गरी १६ औं गणतन्त्र दिवस मनाइएको छ।

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा १५ वर्षदेखि गणतन्त्र दिवस मनाइने गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा सोमबार बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो।

यस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले शुभकामना व्यक्त गरेका छन्।

२०६२ / ६३ को ऐतिहासिक जनआन्दोलनको माध्यमबाट मुलुकमा राजतन्त्र अन्त्य भइ गणतन्त्र स्थापना भएको हो।

तत्कालीन सात राजनीतिक दल र नेकपा(माओवादी) बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो।

२०६५ जेठ १५ गते संविभानसभाको प्रथम बैठकले २४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो।

 

Tags: