post-slider post-slider

भाइरल हुने नाममा कलाकार विकृतितिर लागे-प्रचण्ड

Image
A A

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत सङ्गीतमा देखिएको बाह्य अतिक्रमण रोक्न र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाली सङ्गीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताए।

विविधतापूर्ण मौलिकतामा आधारित गीत–सङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘दर्शक–श्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुन्डिएका छन्। तर पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ। यसतर्फ कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ।’

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको भन्दै प्रधानमन्त्री दाहालले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार भएकाले राम्रो नभएको उल्लेख गरे। सार्वजनिक मेला महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री दाहालले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरे।

Tags: