post-slider post-slider

रवि लामिछाने गृहमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का

Image
A A

काठमाडौँ - प्रधानमन्त्री प्रचण्डले नयाँ बनेको गठबन्धन सरकार विस्तारको तयारी थालेका छन्। 

जसअनुसार रास्वपा सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्री पाउने भएका छन् भने गृहमन्त्री रहिरहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइने भएको छ। त्यस्तै वर्तमान सरकारमा वर्षमान पुन अनन्तले अर्थमन्त्रीको रूपमा जिम्मेवारी पाउने भएका छन्। 

एमालेबाट रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने तय भएको छ। एमाले महासेठकै नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो। यसअघि एमालेबाट पदम गरीले मन्त्रीको सपथ खाइसकेका छन्। 

यसैगरी सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने रास्वपका एक नेताले बताए। 

डीपी अर्यालले भने श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाउने भएका छन्। बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो। 

Tags: