post-slider post-slider

इमर्जिङ टिम्स एसिया कप : नेपालले भारतलाई दियो १ सय ६८ रनको लक्ष्य

Image
A A

काठमाडौं – श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत ‘ए’ लाई १ सय ६८ रनको लक्ष्य दिएको छ।

आर प्रेमदासा स्टेडियम, कोलम्बोमा टस जितेर ब्याटिङ गरेको नेपाल ३९.२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनायो। टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए। अर्धसतक बनाएका पौडेलले ८५ बलको सामना गर्ने क्रममा ७ चौका प्रहार गरे। 

यसअघि नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भए। अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए। तेस्रो नम्बरमा आएका देव खनाल १५ रन बनाएर आउट भए।

त्यस्तै भीम सार्की (४) कुशल मल्ल (०), सोमपाल कामी (१४), पवन सर्राफ (६) र ललित नारायण राजवंशी (३) रन बनाएर आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे।

गुलशनकुमार झाले ३० बलमा ३८ रन बनाएर आउट भए। उनले २ चौका र २ छक्का प्रहार गरे। 

भारत ‘ए’ का लागि बलिङमा निशान्त सिन्धुले ४ विकेट लिए। राजवर्धन हांगरगेकरले ३ विकेट लिए। हर्षित राणा २ र मानव सुथारले १ विकेट लिए। 

Tags: