post-slider post-slider

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

Image
A A

काठमाडौं- सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता भइरहेको छ। 

सरकारले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्ने गरी छलफल भइरहेको बताएको छ। 

वार्ता निष्कर्षमा पुग्ने न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताएका छन्।

शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेकाथिए।

मन्त्रीहरूसँगको छलफलपछि शिक्षक नेताहरूसँग वार्ता जारी छ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने बताए।

आजको छलफल निष्कर्षमा पुग्ने उनको भनाइ थियो।

‘शिक्षक साथीहरूका बुँदाहरूमा हामीले बुँदागत रूपमा नै बसेर छलफल गरेका छौं। अब शिक्षक साथीहरूका प्रतिनिधिहरूसँग बसेर अन्तिम टुंगो लगाउने छौं। उहाँहरू राखेका विषयमा हामीले हिजोदेखि नै छलफल गरेका छौं। अब उहाँहरूसँग बसेर छलफल गरी टुंगो लगाउँछौं। आज टुंगिन्छ,’ उनले भने।

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता जारी छ। यसअघि बिहीबार पनि दुईपटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन।

शिक्षकहरू विद्यालय बन्द गरेर बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

 

Tags: