post-slider post-slider

नामिबियाविरुद्ध नेपालको कमजोर प्रदर्शन, १३३ रनको लक्ष्य

Image
A A

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै नामिबियालाई जम्मा रनमा १३३ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपाल ४१ दशमलव १ ओभरमा अलआउट भएको हो। नेपालले पावर प्लेमा मात्र ४ विकेट गुमाएको थियो। 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। त्यस्तै गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन शर्राफले मात्र १२ रन बनाए। नेपालका लागि ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भएका थिए भने अर्का ओपनर आसिफ शेखले मात्र ४ रन बनाउन सके।  

त्यसपछि ब्याटिङ गर्न आएका अनिलकुमार शाह ८, रोहित पौडेल १, सोमपाल कामी २ रन बनाएर आउट भए। नेपालका लागि ललित राजवंशी अविजित रहे।

नामिबियाका लागि गेरहार्ड इराशमसले पाँच विकेट लिए भने रुबेन ट्रम्पेलमेन र ज्याक ब्रसेलले समान दुई–दुई विकेट लिए। त्यस्तै जान निकोल लोफ्टी इटनले एक विकेट लिए।

Tags: