post-slider post-slider

सन्दीप लामिछाने दोषी ठहर

Image
A A

काठमाडौं- क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई किशोरी बलात्कारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो।

न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो।

अदालतले लामिछानेको सजाय तोकेको छैन। अर्को पेसीमा उनको सजाय तोकिने बताइएको छ।

अदालतले किशोरीको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै लामिछानेले बलत्कार गरेको ठहर गरेको छ।

लामिछानेको सजाय पुस २५ गते बस्ने इजलासले तोक्ने छ।

अदालतले किशोरी नाबालिग नरहेको समेत ठहर गरेको छ।

लामिछानेले गत वर्ष भदौमा एक किशोरीलाई होटलमा लगेर बलात्कार गरेको जाहेरी प्रहरी वृत्त गौशालामा दर्ता भएको थियो।

Tags: