post-slider post-slider

नगराईन नगरपालिकाका वडाध्यक्ष र सचिवविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष र वडा सचिवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

घुससहित पक्राउ परेका वडाअध्यक्ष बुलन यादव र वडा सचिव अमृतनारायण मिश्रविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

यादव र मिश्रलाई केही दिनअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्रहीबाट ७० हजार घुस लिइरहँदा पक्राउ गरेको थियो।

सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएवापत सेवाग्रहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले दुवैजनालाई नगराईनबाट नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा वडाध्यक्ष यादव र सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्नपश्चात भुक्तानीका लागि पूर्वाधार विकास कार्यालय धनुषालाई सिफारिस गरिदिएवापत ७० हजार घुस लिएको पुष्टी भएपछि मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।

उनले ७० हजार बिगोदाबी गदै बिगोबमोजिक जरिवानासमेत हुने गरी अभियोगपत्रमा मागदावी गरिएको जानकारी दिएका छन्।

 

Tags: