post-slider post-slider

प्रतिनिधि सभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराइने

Image
A A

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने सम्भावित कार्यसूची छ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा छन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा मुछिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख ३१ गते राति ८ः२५ बजे बुढानीलकण्ठ–४ बाट रायमाझीलाई पक्राउ गरेको थियो।

रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो। त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए।

 

Tags: