post-slider post-slider

त्रिकोणात्मक श्रृंखला : युएईविरूद्ध नेपालको सहज जित

Image
A A

काठमाडौं- त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा बुधबारदेखि सुरू भएको श्रृंखलाको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो।

युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो।

यो लक्ष्य पूरा गर्न नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेले।

पौडेल ५१ र दीपेन्द्रसिंह ऐरी ३४ रन बनाएर नटआउट रहे।

५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि पौडेल र ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए।

यसअघि टस हारेर ब्याटिङका लागि निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालसामू १४१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।

युएईका लागि वसिल हमिदले अर्धशतक बनाए।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। गुलसन झाले २ र सोमपाल कामी तथा अभिनास बोहराले समान १–१ विकेट लिए।

 

Tags: