post-slider post-slider

एमाले बाग्मती प्रदेश अधिवेशनको आज चुनावी प्रकृया सुरु हुँदै, भोलि मतदान हुने

Image
A A

काठमाडौं– नेकपा एमाले बागमती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि सुरु हुँदैछ। बाग्मती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि चुनाव हुने भएको हो। बाग्मती प्रदेश अध्यक्षका लागि केशव पाण्डे, कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, रचना खड्का, कृष्णभक्त पोखरेललगायतले दाबी गरेका छन्। 

चुनावी कार्यक्रम आज बिहान ८ बजेदेखि च्यासलमा शुरु हुँदैछ। बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, बेलुका ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने छ। त्यस्तै, बेलुका ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिनेछ। मतदान भोली हुनेछ। 

प्रतिनिधिले विद्युतीय मेसिनबाट मतदान गर्ने छन्। जसमा एक पटकमा ४४ जनाले मतदान गर्नसक्ने एमालेले जनाएको छ। यस्तै एक जनालाई मतदान गर्न झण्डै २० देखि २५ मिनेट लाग्नेछ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनको काठमाडौंको भृकुटीमण्डपमा अस्ति पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

Tags: