post-slider post-slider

सुवास नेम्वाङको क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन

Image
A A

काठमाडौं, फागुन १३ - निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ मा वैशाख १५ गते उपनिर्वाचन गर्ने मिति तोकेको छ।

आयोगको आइतबार बसेको बैठकले सरकारसँगको परामर्शमा ती क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको हो।

इलाम क्षेत्र नम्बर २ मा सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो।

यस्तै, बझाङ क्षेत्र नम्बर १ प्रदेशसभा सदस्य (१) का पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि उपनिर्वाचन गर्न लागिएको हो।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरिएको छ,’ आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले भने।

निर्वाचन ऐन अनुसार कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने छ भन्ने संवैधानिक व्यवस्था छ।

Tags: