post-slider post-slider

सत्तारुढ माओवादीले चैतबाट मधेश जागरण अभियान चलाउने

Image
A A

काठमाडौँ - नेकपा माओवादी केन्द्रले चैत्र १ गतेबाट विभिन्न अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले तराई मधेस जागरण अभियान, उत्तर दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

त्यस्तै प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्ने गरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। त्यस्तै माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत खट्ने कार्यकर्ता र नेतालाई सम्मान गर्ने उनले बताए।

उनले पार्टी अभियानमा राम्रो गर्नेलाई सम्मान पत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्बन, चेतावनीसम्म हुन सक्ने जिकिर गरे। मधेशमा विश्वासको मत, सिराहा समस्या लगायतका विषयमा आगामी बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए।

त्यस्तै उनले कांग्रेसको महासमितिलाई पार्टीले नियाली रहेको भन्दै कांग्रेसभित्रको गठबन्धनको छलफलले कुनै अन्तर नपर्ने जिकिर गरे। 

Tags: